नियम २
करारद्वारा काममा लगाउन सकिने
(१) नेपाल सरकारले नियम ३ मा उल्लेखित कुनै अवस्था परेमा कुनै व्यक्तिलाई करारद्वारा काममा लगाउन सक्नेछ २) त्यस्तो करार बढीमा २ वर्षको अवधिको लागि मात्र गर्न सकिनेछ र आवश्यक परेमा करारको अवधि अर्को २ वर्ष सम्मको लागि पुन एक पटक बढाउन सकिनेछ ।
तर– विशेष अवस्था परेमा कुनै विशेषज्ञहरू एकै पटकमा ५ वर्षसम्मको लागि करार सेवामा काममा लगाउन सकिनेछ ।
(३) नेपाल सरकारले करारनामा गराउ“दा सो करारमा काममा लगाइने व्यक्तिले पूरा गर्नु पर्ने काम र कर्तव्य, निजले पाउने पारिश्रमिक र सुविधा, काममा लगाइने अवधि तथा अन्य सेवाका शर्तहरू स्पष्ट उल्लेख गरी निजको र नेपाल सरकारको तर्फबाट काममा लगाउने अधिकृतको दस्तखत गरी करारनामाको एक प्रति निजलाई र एक प्रति सम्बन्धित कार्यालयमा राख्नु पर्नेछ ।